भरतपुरमा EV गाडिमा आगोलागी हुदा एक जनाको मृत्यु
सनातन न्यूजरुम
संग्रह गर्न लगइन गर्नुहोस्
यो समाचारलाई आफ्नो संग्रह सूचीमा राख्न Google खाता मार्फत लगइन गर्नुहोस्।
Google बाट लगइन गर्नुहोस्चितवन, भदौ २६ - चितवनको भरतपुर महानगरपालिका–९, बसन्तचोकस्थित पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा EV कारमा आगलागी हुँदा एक जनाको मृ'त्यु भएको छ।
आज बिहान करिब ६ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र. ०१–०३० च ५५७९ नम्बरको EV कारमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागी भएको जानकारी प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी टोली पुगेको थियो। दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएपछि कारभित्र एक जना व्यक्ति जलेर मृत अवस्थामा फेला परेका बताइएको छ भने मृतकको पहिचान हुन सकेको छैन ।
आगलागीबाट कारमा समेत ठूलो क्षति पुगेको छ। मृ'तकको पहिचान तथा आगलागीको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पछिल्लो समय EV गाडी हरुमा आगोलागी बढी हुन थालेको छ ।
प्रतिक्रियाहरू 0
प्रतिक्रिया दिन लगइन गर्नुहोस्
यस समाचारमा कमेन्ट पोस्ट गर्नको लागि कृपया Google खाता मार्फत लगइन गर्नुहोस्।
Google बाट लगइन गर्नुहोस्
पहिलो कमेन्टकर्ता बन्नुहोस्!