Sanaatan Yatra ३० असोज २०८३, शुक्रवार

प्रणालीमा लगइन गर्नुहोस्

थप सुविधाहरू प्रयोग गर्न Google खाता मार्फत सजिलै लगइन गर्नुहोस्।

भर्खरै

नवरात्र

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

सनातन न्यूजरुम सनातन न्यूजरुम २८ असोज २०८३, बुधवार
नवरात्रको चौथो दिन आज  कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

संग्रह गर्न लगइन गर्नुहोस्

यो समाचारलाई आफ्नो संग्रह सूचीमा राख्न Google खाता मार्फत लगइन गर्नुहोस्।

काठमाडौँ। आज नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका पूजा कोठाहरूमा नवदुर्गा भवानीको चौथो स्वरूप कुष्माण्डा देवीको विधिपूर्वक पूजा-आराधना गरिँदैछ ।

पौराणिक मान्यताअनुसार सृष्टिको रचना हुनुअघि चारैतर्फ अन्धकार रहेको अवस्थामा यिनै देवीले आफ्नो शक्तिले ब्रह्माण्डको रचना गरेकी थिइन् । आफ्नो बलले ब्रह्माण्ड उत्पन्न गरेकाले यिनलाई कुष्माण्डा तथा सृष्टिको आदिस्वरूपा र आदिशक्तिकी देवी भन्ने गरिन्छ । उष्णता तथा शीतलतालाई समतुल्य बनाई सृष्टि गर्ने शक्ति भएकी यी देवीको बास सूर्यमण्डलभित्र रहने धार्मिक विश्वास छ ।

आठ वटा हात भएकी यी अष्टभूजा देवीको वाहन सिंह हो । यिनका सात हातमा क्रमशः कमण्डलु, धनुष, बाण, कमल पुष्प, अमृतपूर्ण कलश, चक्र र गदा तथा आठौँ हातमा सर्वसिद्धि र निधि प्रदान गर्ने माला रहेको छ । देवीले हातमा सृष्टिको आधार मानिने रक्तपूर्ण दुई वटा घडा समेत लिएकी छन् । यिनको भक्तिपूर्वक पूजा-आराधना गर्नाले आयु, यश, बल एवं आरोग्य वृद्धि हुने विश्वास गरिन्छ ।

लेखकको बारेमा

सनातन न्यूजरुम

सनातन न्यूजरुम

संस्कृति, सम्पदा र सभ्यताको यात्रा

प्रतिक्रियाहरू 0

आफ्नो विचार वा प्रतिक्रिया यहाँ लेख्नुहोस् ...
प्रतिक्रिया पोस्ट गर्न लगइन गर्नुपर्छ।

पहिलो कमेन्टकर्ता बन्नुहोस्!

सम्बन्धित खबरहरु

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

बडादसैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा, यस्तो छ धार्मिक महत्त्व

बडादसैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा, यस्तो छ धार्मिक महत्त्व

नवरात्रीको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजाआराधना गरिँदै

नवरात्रीको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजाआराधना गरिँदै

दशैँका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला

दशैँका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै, ७ हजार २५५ प्रतिनिधिले मत हाल्ने

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै, ७ हजार २५५ प्रतिनिधिले मत हाल्ने

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका उम्मेदवारहरूको यस्तो छ सूची

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका उम्मेदवारहरूको यस्तो छ सूची

असोज २३ देखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला हुने

असोज २३ देखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला हुने

संसद् अधिवेशन भोलिदेखि  अन्त्य गर्न सरकारले गर्‍यो सिफारिस

संसद् अधिवेशन भोलिदेखि अन्त्य गर्न सरकारले गर्‍यो सिफारिस

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट

छुटाउनु भयो कि?

सबै हेर्नुहोस्