त्यो Inbox मा आयको फोटो
घनश्याम पौडेल
संग्रह गर्न लगइन गर्नुहोस्
यो समाचारलाई आफ्नो संग्रह सूचीमा राख्न Google खाता मार्फत लगइन गर्नुहोस्।
Google बाट लगइन गर्नुहोस्उसले मलाई एउटा फोटो पठाई फोटो उसको इनबक्सको स्क्रिनसट थियो। मैले त उसँग उसको कम्पनीको करचुक्ता मागेको थिए। सायद झुक्कियर होला उसको कुनै नामको अगाडि dear लेखिएको पात्रसँगको संवादको थियो मैले save गर्ने परेन किनकि मेरो whatsapp मा आएका फोटोहरु अटो save हुने गर्थे, हतार हतार डिलिट त गरी तर मेरोमा save भइसकेको थियो । त्यो स्क्रिनसट फोटोमा लामो संवाद थियो। बाटोमा भएकोले मैले हेर्न पायको थिइन , त्यसैत पृथ्वीराज मार्गको बाटो खराब त्यही माथी झरी परेको दिन काठमाडौँ पुग्दा राति नै भइसकेको थियो । होटलको कोठामा पुगे ,बाथरुम छिरेर फ्रेस भएर निस्किय । एकैछिन सितल काठमाडौ को हावा सङ्ग खेल्न मन लाग्यो अधेरी रातको चकमन्न आकाश लाई जिस्काउदै काठमाडौ शहर धपक्क बलेको हेरिरहे । बिस्तारै रंगिनरात मा ढल्दै गरेको काठमाडौ शहर आफ्नै लयमा झुमिरहेको थियो । लामो समय देखि होटलको बारमा किशोरले मलाई पर्खिरहेको थियो। निक्कै थाकेको भयपनी बारसम्म पुगे ।
किशोरसँग केही व्यावसायिक गफसँगै एक दुई प्याक मदिरा पियौ निकै मिठो गफगाफ भयो व्यावसायिक गफ पनि थिए र कतिपय दुःखसुखका पनि ११ बज्नै लागेको थियो। किशोर घरतिर लाग्यो म कोठातिर । कोठामा पुगेपछि बेडमा पल्टिँदै मैले फोन गरे उसलाई उसको फोन निकै बिजी थियो। म्यासेज गरे कुनै प्रतिक्रिया आएन फेरि पनि मेसेज गरे कुनै प्रतिक्रिया आएन
सोचे एकपटक अझै गर्छु । अहिले पनि उस्को फोन ब्यस्तनै थियो।
उस्को ब्यस्तता ले मलाइ हैरानै बनाउने गर्थ्यो जुन आजपनी बनायो । प्राय म घरबाट बाहिर हिडेपछी उस्को फोन बिजि हुने गर्थ्यो लागि हाले पनि उठ्ने थियन तैपनी मैले गर्ने गर्थे आजपनी त्यही भयो फोन उठेन म्यासेजको केही प्रतिक्रिया आयन ।।
त्यसपछि मैले आफ्नो ग्यालरी बक्स खोले
दिउसो मलाई आएको फोटोको संवाद हेर्न मन लागिरहेको थियो
ग्यालरिको सबैभन्दा अगाडि त्यही फोटो जुन मलाइ whatsapaa मा झुक्कियर आयको थियो
फोटो हेर्दै थिय फोटोएउटा म्यासेजको थियो लामो सम्बाद भयको फोटोम नामको अगाडि डियर राखिएको कुनै एक प्रिय ब्यक्ती र उनको सम्बाद थियो ।
dear R को inbox बाट स्क्रीन सट भयको सम्बाद अचम्मको थियो
मलाई थप रोचक लाग्यो अचम्मित भय संवाद रमाइलो पनि थियो र अचम्मको पनि थियो।
नामको अगाडि डियर किन राखेको होला निकै रोचकताका साथ पढ्दै गए
निकै रमाइलो संवाद थियो। तर मेरो मनले त्यो संवाद स्वीकारीरहेको थिएन । मेरो मनले पढ्न मनि गरेको थियन दिमागले भने जबरजस्ती पढिरहेको थियो
स्वीकारोस् पनि कसरी त्यो संवाद मिठो थियो प्यारो थियो। तर परपुरुषले मेरो प्रीयमान्छेलाइ लेखेको थियो । संवादमा लामो समय भेटनभएको गुनासो थियो , नभेटेको गुनासो थियो
छ महिना अगाडि नेपाल आउँदा भएका प्रेमिल रोमान्सका कुरा निक्कै रमाइला थिय माया प्रेमका धोका अनि छल का पनि थिय ।
घरमा ढाटेर भेटिनु को मजा उस्को श्रीमती को फोन आउदा ढाटेको कुरा र अझै बहिनी बनायर चिनाउदा को कुरा निक्कै अचम्मको थियो।
लुकेर भेट्नुपर्ने बाध्यताका कुरा थिए। ढाँटेर भेट्नुपर्ने परिस्थितिका कुरा भेटियपछि छुट्न नपरेको भय यस्तै यस्तै कुरा थिय
पहिले पहिले उसको साथी रस्मिको घरमा भेट्दाको कुरा थिए।
र यसपालिको भेट रस्मिकोमा भएन यसपालिको भेट होटलमा हुन पायन मात्र गाडीमा भएको र त्यही १ घण्टा काखम निदायको मीठो कुरा निक्कै चाखलाग्दो थियो ।।
एक महिना लामो बसाइमा पनि आफ्नो पारिवारिक समस्याको कारणले र उसलाई भेट्न नसकेको बुझाइरहेका थिय ।
पहिले पहिले आउँदा छ सात पटक भेट्ने होटल जाने रङ्ग रमाइलो गर्ने सपिङ्ग स्विमिङ्ग फिसिङ्ग
गरेको यादका कुराहरू थिए । कहिले पसलमा त कहिले फ्याक्ट्रीमा भेटिएका कुराहरु कहोले भाउजुले चिया बनायको त कहिले अरब बाट आयको चकलेट हिल चप्पल अत्तर स्पोटी ब्रा सम्मका थिय । सबैभन्दा मिठा कुरा त सुत्ने बेला हुने गफ मा मिसियका दुदु को कुरा थिय
तर यसपालिको भेट खासै चित्त बुझ्दो नभएको गुनासो थियो।
संवादको एउटा शब्दले मलाई घचघचाइ रह्यो म झसङ्ग भए अचम्म परे ती नामको अगाडि डियर लेखिएका मान्छे
साँच्चिकै उसको लागि प्रिय रहेछन् मैले यो रहस्य थाहा पाएँ।
निकै तार्किक कुराहरू थिए निकै मार्मिक कुराहरू थिए। प्रेमका कुरा थिए परिस्थितिका कुरा थिए। भेट अनि दुःख सुखका अपनत्वका कुरा पनि
दशौँ वर्षको उनीहरूको प्रेम सम्बन्धका कुराहरू पनि ।
एक एक वर्षमा ऊ छुट्टी आउँदा एक महिनाको छुट्टी आउने कुरा पनि थियो।
ती छुट्टी आउँदा एकदिन बिराइ भेट्ने कुराहरु पनि
कति पटक बाटोमा कसैले देख्दा मुख छोपेर हिँडेको कुरा
सौराहादेखि दाउनेसम्मका होटलका रोमान्सका कुराहरू पनि
आमा बिरामी हुँदा घरमै पल्लाकोठा मा भएका रोमान्सका कुराहरु
तर यसपाली गुनासो अलि फरक थियो।
यसपालिको भेटमा आफ्नोतृप्ति पुरा नभएका गुनासाहरु थिय
त्यो कारको पछाडि भएको रोमान्सले चित्त नबुझेको कुरा थियो।
भेटघाटमा तास खाँदै गर्दा कोही साथीले देखेपछि हत्तपत्त हिडेका कुरा थिए।
पसलबाट फर्किँदै गर्दा घर नजिकै गाडी रोकेर गाडीभित्र गरेका किसका कुरा थिए।
म अचम्म मानिरहेको थिय के मानिसहरूको व्यवहार यस्तै
हुन्छ के कलि भनेको यही हो ?
अन्तिममा अनुरोध र याचनाका कुरा थिय
मलाई सबैभन्दा अन्तिममा लेखिएको एउटा वाक्यले मन छोइ रह्यो मन दुखाइ रह्यो
हुन त उनको चाहना पूरा नभइसकेपछिको विरक्तिएको भाषा
पीडा आशा र याचना थियो
तलपट्टि लेखिएको थियो।
लामो समय भएछ तपाईँसँग रात बिताउन नपाएको
यसपालिको दशैंमा आउँदा एक रात
उसै गरी बिताउन चाहन्छु। जसरी हामी पहिले पहिले
काठमाडौँमा बिताउने गर्थेउ
म समय मिलाउनेछु पक्कै पनि तिमी आएपछि म परिस्थिति मिलाउनेछु यसपालिको दशैंमा आउनु ल ।
म एक रात तपाईंसँग spand गर्न चाहन्छु
अन्तिम वाक्य यही थियो
असोज महिनाको मध्यभागतिर दशैं आउनै लाग्दा मैले यो कथा
लेखिरहेको छु। यो दशैँले यो दशैं विदामा उस्को मान्छे नेपाल फर्कियोस्।अनि यी प्रेमिल जोडीहरूको एक रात पहिले जस्तै बितोस्।
अनि फर्केर आएर हशिलो मुद्राले मलाई भनुन आज मिटिङ थियो ढिलो भयो अनि मुख फाल्दै भनुन् मलाई निन्द्रा लाग्यो म सुत्छु ल।
अनि उनी मस्तले निदाउन म उनको सन्तुष्ट भएको त्यो अनुहार
उनको प्रेमिले दिएको प्रेमबाट प्राप्त गरेको खुशी र तृप्तिले भरियको सन्तुष्ट अनुहार हेरि हेरि
फेरि अर्को कथा लेख्न सकु ।।
प्रतिक्रियाहरू 0
प्रतिक्रिया दिन लगइन गर्नुहोस्
यस समाचारमा कमेन्ट पोस्ट गर्नको लागि कृपया Google खाता मार्फत लगइन गर्नुहोस्।
Google बाट लगइन गर्नुहोस्
पहिलो कमेन्टकर्ता बन्नुहोस्!