कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै, ७ हजार २५५ प्रतिनिधिले मत हाल्ने
सनातन न्यूजरुम
संग्रह गर्न लगइन गर्नुहोस्
यो समाचारलाई आफ्नो संग्रह सूचीमा राख्न Google खाता मार्फत लगइन गर्नुहोस्।
Google बाट लगइन गर्नुहोस्काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ। निर्वाचन समितिले बिहान ७ बजेदेखि मतदान सुरु गर्ने तालिका सार्वजनिक गरेको छ।
यसअघि बिहीबारका लागि निर्धारित मतदान मतपत्र छपाइमा भएको ढिलाइ र आवश्यक प्राविधिक तयारी पूरा हुन नसक्दा स्थगित भएको थियो। तयारी पूरा भएपछि आज मतदान प्रक्रिया अघि बढाउन लागिएको निर्वाचन समितिका संयोजक तथा वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिएका छन्।
महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न कुल ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। उनीहरूको मतबाट कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयन हुनेछ।
यसैबीच, पार्टीको सभापति पदका लागि गगन थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुँदैछ। आज हुने मतदानबाट पार्टीको आगामी नेतृत्व चयन हुनेछ।
प्रतिक्रियाहरू 0
प्रतिक्रिया दिन लगइन गर्नुहोस्
यस समाचारमा कमेन्ट पोस्ट गर्नको लागि कृपया Google खाता मार्फत लगइन गर्नुहोस्।
Google बाट लगइन गर्नुहोस्
पहिलो कमेन्टकर्ता बन्नुहोस्!