असोज २३ देखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला हुने
सनातन न्यूजरुम
संग्रह गर्न लगइन गर्नुहोस्
यो समाचारलाई आफ्नो संग्रह सूचीमा राख्न Google खाता मार्फत लगइन गर्नुहोस्।
Google बाट लगइन गर्नुहोस्News Summary
- दसैंका लागि असोज २३ देखि सार्वजनिक सवारीको अग्रिम बुकिङ खुला गर्ने निर्णय गरिएको छ।
- यात्रुको चाप व्यवस्थापनका लागि फूलपातीदेखि पूर्णिमासम्म रिजर्भ सञ्चालन र रूट परमिट खुलाइएको छ।
- कालोबजारी नियन्त्रण र यात्रु सहयोगका लागि १५ स्थानमा सहायता कक्ष सञ्चालनमा रहेको छ।
काठमाडौँ। सरकारले दसैंमा घर फर्किने यात्रुको चाप व्यवस्थापन गर्न असोज २३ देखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गर्ने भएको छ।
यातायात व्यवस्था विभागले यातायात व्यवसायी, मजदुर संघ–संगठन, ट्राफिक प्रहरीलगायत सरोकारवालासँग छलफल गरी यस्तो निर्णय गरेको हो।
लामो तथा मध्यम दूरीका सवारी साधनलाई यात्रुको चापअनुसार रिजर्भमा सञ्चालन गर्न फूलपातीदेखि पूर्णिमासम्म रूट परमिटसमेत खुला गरिएको छ।
दसैंको समयमा ढुवानीका सवारी साधनले फलफूल, तरकारी, औषधि, खसी–बोका तथा अत्यावश्यक खाद्यान्न र सामग्रीलाई प्राथमिकताका साथ ढुवानी गर्नेछन्। अन्य सामग्रीको ढुवानी आवश्यकताअनुसार पछि सारिने विभागले जनाएको छ।
यात्रुलाई टिकट तथा भाडासम्बन्धी समस्या नहोस् भनेर विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।
हाल १५ स्थानमा यस्ता कक्ष सञ्चालनमा छन्।
विभागले तोकिएको भाडादरअनुसार मात्र टिकट बिक्री गर्न र बिचौलियामार्फत हुने कालोबजारी नियन्त्रण गर्न निर्देशन दिएको छ।
प्रतिक्रियाहरू 0
प्रतिक्रिया दिन लगइन गर्नुहोस्
यस समाचारमा कमेन्ट पोस्ट गर्नको लागि कृपया Google खाता मार्फत लगइन गर्नुहोस्।
Google बाट लगइन गर्नुहोस्
पहिलो कमेन्टकर्ता बन्नुहोस्!