दशैँका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला
घनश्याम पौडेल
संग्रह गर्न लगइन गर्नुहोस्
यो समाचारलाई आफ्नो संग्रह सूचीमा राख्न Google खाता मार्फत लगइन गर्नुहोस्।
Google बाट लगइन गर्नुहोस्काठमाडौँ । दशैँलाई लक्षित गर्दै सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ आजदेखि खुला भएको छ। चाडपर्वमा घर जाने यात्रुको चापलाई मध्यनजर गर्दै लामो तथा मध्यम दूरीका सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गरिएको हो।
यातायात व्यवस्था विभागमा मंगलबार व्यवसायी तथा सरोकारवाला निकायका प्रतिनिधिबीच भएको संयुक्त बैठकले आजदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो।
निर्णयअनुसार फूलपातीदेखि पूर्णिमासम्म रिजर्भमा सञ्चालित गाडी तथा लामो र मध्यम दूरीका सार्वजनिक सवारीसाधनलाई नेपालभर सञ्चालनका लागि रुट परमिट खुला गरिनेछ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले दशैँलगायत चाडपर्वका समयमा सार्वजनिक सवारीसाधनको भाडादर वृद्धि नहुने बताएका छन्। यात्रुलाई पूर्वनिर्धारित भाडादरमै आवतजावतको व्यवस्था गर्न व्यवसायी प्रतिबद्ध रहेको उनको भनाइ छ।
प्रतिक्रियाहरू 0
प्रतिक्रिया दिन लगइन गर्नुहोस्
यस समाचारमा कमेन्ट पोस्ट गर्नको लागि कृपया Google खाता मार्फत लगइन गर्नुहोस्।
Google बाट लगइन गर्नुहोस्
पहिलो कमेन्टकर्ता बन्नुहोस्!