Sanaatan Yatra १ कार्तिक २०८३, शनिवार

प्रणालीमा लगइन गर्नुहोस्

थप सुविधाहरू प्रयोग गर्न Google खाता मार्फत सजिलै लगइन गर्नुहोस्।

भर्खरै

यी हुन् मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरु

सनातन न्यूजरुम सनातन न्यूजरुम ३१ भदौ २०८३, बुधवार
यी हुन् मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरु

संग्रह गर्न लगइन गर्नुहोस्

यो समाचारलाई आफ्नो संग्रह सूचीमा राख्न Google खाता मार्फत लगइन गर्नुहोस्।

काठमाडौं।  सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली–२०८३ स्वीकृत गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेकाे मन्त्रिपरिषद्को बैठकले सरकारी निर्णय प्रक्रियालाई थप सरल र प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त नियमावली स्वीकृत गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । यस्तै, सहसचिव कालीप्रसाद पराजुलीलाई सचिवमा बढुवा गरिएको छ ।

यस्ता छन् निर्णयहरुः

१. सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३ स्वीकृत गर्ने ।

२. नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हितको निःसर्गबाट, प्राप्त लाभमा धितोपत्र विनिमय बजारको कार्य गर्ने निकायले बासिन्दा प्राकृतिक व्यक्तिको हकमा ३६५ दिनभन्दा बढी, अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ३.५ प्रतिशत र ३६५ वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ५ प्रतिशत अग्रिम कर कायम गर्ने ।

३. नेपाल न्याय सेवा, न्याय समूह राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरू श्री ठगीन्द्र कट्टेल, श्री रामप्रसाद भट्टराई र श्री बाबुराम दाहाललाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गर्ने ।

४. साउदी अरबमा मृत्यु वा घाइते भएका नेपाली नागरिकको बीमा/क्षतिपूर्ति रकमसम्बन्धी कानूनी कारबाहीका लागि साउदी नागरिक कानून व्यवसायीलाई वारेसनामा (पावर अफ एटर्नी) दिई बीमा/क्षतिपूर्तिको प्रक्रिया अगाडि बढाउने सम्बन्धी आदेश जारी गर्ने ।

५. चक्रीय राहत कोष सञ्चालन कार्यविधि, २०८३ स्वीकृत गर्ने ।

६. नेपाल प्रशासन सेवाका सहसचिव श्री कालीप्रसाद पराजुलीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने ।

लेखकको बारेमा

सनातन न्यूजरुम

सनातन न्यूजरुम

संस्कृति, सम्पदा र सभ्यताको यात्रा

प्रतिक्रियाहरू 0

आफ्नो विचार वा प्रतिक्रिया यहाँ लेख्नुहोस् ...
प्रतिक्रिया पोस्ट गर्न लगइन गर्नुपर्छ।

पहिलो कमेन्टकर्ता बन्नुहोस्!

सम्बन्धित खबरहरु

आज दसैँको पाँचौँ दिन : स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै

आज दसैँको पाँचौँ दिन : स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै

नवरात्रको चौथो दिन आज  कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

बडादसैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा, यस्तो छ धार्मिक महत्त्व

बडादसैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा, यस्तो छ धार्मिक महत्त्व

नवरात्रीको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजाआराधना गरिँदै

नवरात्रीको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजाआराधना गरिँदै

दशैँका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला

दशैँका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै, ७ हजार २५५ प्रतिनिधिले मत हाल्ने

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै, ७ हजार २५५ प्रतिनिधिले मत हाल्ने

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका उम्मेदवारहरूको यस्तो छ सूची

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका उम्मेदवारहरूको यस्तो छ सूची

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट

छुटाउनु भयो कि?

सबै हेर्नुहोस्