आजदेखि ५० रुपैयाँको नयाँ नोट आजदेखि चलनचल्तीमा
सनातन न्यूजरुम
संग्रह गर्न लगइन गर्नुहोस्
यो समाचारलाई आफ्नो संग्रह सूचीमा राख्न Google खाता मार्फत लगइन गर्नुहोस्।
Google बाट लगइन गर्नुहोस्काठमाडौं। नेपाल राष्ट्र बैंकले आजदेखि ५० रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ ।
बैंकले साविककै आकार तथा रङमा, नयाँ विशेषतासहितको ५० रुपैयाँ दरको बैंकनोट चलनचल्तीमा ल्याएको हो ।
नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानीछाप राखिएको छ। नोट हल्लाउँदा रङ परिवर्तन हुने तथा ‘५०’ अंकित पानीछाप देखिने विशेषता पनि समेटिएको छ।
मध्यभागमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० रुपैयाँ पचास तुरुन्त पाइने छ’ भन्ने प्रत्याभूतिमूलक वाक्यांश उल्लेख छ।

प्रतिक्रियाहरू 0
प्रतिक्रिया दिन लगइन गर्नुहोस्
यस समाचारमा कमेन्ट पोस्ट गर्नको लागि कृपया Google खाता मार्फत लगइन गर्नुहोस्।
Google बाट लगइन गर्नुहोस्
पहिलो कमेन्टकर्ता बन्नुहोस्!