Sanaatan Yatra १ कार्तिक २०८३, शनिवार

प्रणालीमा लगइन गर्नुहोस्

थप सुविधाहरू प्रयोग गर्न Google खाता मार्फत सजिलै लगइन गर्नुहोस्।

भर्खरै

शुक्रबारदेखि चार दिन भारीदेखि अतिभारी वर्षाको सम्भावना, कहाँ–कहाँ हुँदैछ अति भारी वर्षा ?

सनातन न्यूजरुम सनातन न्यूजरुम ६ असोज २०८३, मङ्गलवार
शुक्रबारदेखि चार दिन भारीदेखि अतिभारी वर्षाको सम्भावना, कहाँ–कहाँ हुँदैछ अति भारी वर्षा ?

संग्रह गर्न लगइन गर्नुहोस्

यो समाचारलाई आफ्नो संग्रह सूचीमा राख्न Google खाता मार्फत लगइन गर्नुहोस्।

काठमाडौँ। आगामी शुक्रबारदेखि सोमबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेकाले सजकता अपनाउन नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

बङ्गालको खाडीको मध्य भू–भाग आसपास रहेको न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै गएकाले त्यसको प्रभाव नेपालमा पनि पर्ने देखिएको विभागले जनाएको छ । महाशाखाका मौसमविद् मीन कुमार अर्यालका अनुसार यस प्रणालीको मुख्य असर विशेषगरी असोज ९, १० र ११ गते रहने र बागमती प्रदेशभन्दा पश्चिम क्षेत्रमा बढी प्रभाव पर्ने देखिएको छ ।

गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश भूभागमा भारीदेखि धेरै भारी र एक–दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउनुपर्ने उनले बताए । उनले लुम्बिनीको दाङभन्दा पूर्वी भूभाग (नवलपुरसम्म), कर्णालीको पूर्वी भूभाग, र सुदूरपश्चिमका दक्षिणी पहाडी तथा तराई भूभागमा पनि प्रभाव पर्ने देखिएको उल्लेख गरे ।

बागमती प्रदेशको चितवन आसपास तथा पहिले नै बाढी पहिरोले प्रभावित बनेका रसुवा, नुवाकोट र धादिङमा मध्यम वर्षाले पनि असर पुर्‍याउन सक्ने उनको भनाइ छ ।

मनसुन बाहिरिने औसत मिति अक्टोबर २ भए पनि पछिल्ला वर्षहरूको प्रवृत्ति हेर्दा यो केही दिन पछाडि धकेलिने देखिने महाशाखाले जनाएको छ । 

लेखकको बारेमा

सनातन न्यूजरुम

सनातन न्यूजरुम

संस्कृति, सम्पदा र सभ्यताको यात्रा

प्रतिक्रियाहरू 0

आफ्नो विचार वा प्रतिक्रिया यहाँ लेख्नुहोस् ...
प्रतिक्रिया पोस्ट गर्न लगइन गर्नुपर्छ।

पहिलो कमेन्टकर्ता बन्नुहोस्!

सम्बन्धित खबरहरु

आज दसैँको पाँचौँ दिन : स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै

आज दसैँको पाँचौँ दिन : स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै

नवरात्रको चौथो दिन आज  कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

बडादसैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा, यस्तो छ धार्मिक महत्त्व

बडादसैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा, यस्तो छ धार्मिक महत्त्व

नवरात्रीको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजाआराधना गरिँदै

नवरात्रीको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजाआराधना गरिँदै

दशैँका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला

दशैँका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै, ७ हजार २५५ प्रतिनिधिले मत हाल्ने

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै, ७ हजार २५५ प्रतिनिधिले मत हाल्ने

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका उम्मेदवारहरूको यस्तो छ सूची

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका उम्मेदवारहरूको यस्तो छ सूची

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट

छुटाउनु भयो कि?

सबै हेर्नुहोस्