Sanaatan Yatra १ कार्तिक २०८३, शनिवार

प्रणालीमा लगइन गर्नुहोस्

थप सुविधाहरू प्रयोग गर्न Google खाता मार्फत सजिलै लगइन गर्नुहोस्।

भर्खरै

कांग्रेसमा देउवा समूहको ‘अर्को महाधिवेशन’ घोषणासँगै तोकिए ५५ जिल्लामा तोक्यो संयोजकहरू

सनातन न्यूजरुम सनातन न्यूजरुम ८ असोज २०८३, बिहिवार
कांग्रेसमा देउवा समूहको ‘अर्को महाधिवेशन’ घोषणासँगै तोकिए ५५ जिल्लामा तोक्यो संयोजकहरू

संग्रह गर्न लगइन गर्नुहोस्

यो समाचारलाई आफ्नो संग्रह सूचीमा राख्न Google खाता मार्फत लगइन गर्नुहोस्।

काठमाडौँ। नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले  समानान्तर महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। देउवा समूहले ५५ जिल्लामा संयोजक तोकेको हो।

पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई महाधिवेशन आयोजक समितिको संयोजक बनाएको छ भने समूहले जिल्लाहरूमा समेत संयोजक तोकेको छ। डा. कोइरालाले नै हस्ताक्षर गरेर जिल्ला संयोजकहरूलाई पत्र दिइरहेका छन्। समूहले असोज १५ गते वडा अधिवेशन गरेर मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने मिति निर्धारण गरेको छ।


समूहले कोशीका ८ जिल्लामा संयोजक तोकेको छ। पाँचथरमा डेकेन्द्र कुमार तामाङ, झापामा कृष्ण हुमागाई, संखुवासभामा रामकुमार जीसी, भोजपुरमा धर्मराज राई, मोरङमा सुभाष पौडेल, खोटाङमा रोजन राई, ओखलढुंगामा बालगोविन्द राजभण्डारी र उदयपुरमा बसन्त बस्नेत संयोजक तोकिएका छन्। मोरङमा विनायक पन्त र उदयपुरमा गोविन्द चाम्लिङ सहसंयोजक तोकिएका छन्।


मधेस प्रदेशमा हालसम्म कुनै जिल्लामा पनि संयोजक तोकिएको छैन।


बागमतीका ११ जिल्लामा संयोजक तोकिएका छन्। दोलखामा ताराबहादुर खड्का, रामेछापमा जीतबहादुर मगर, रसुवामा उपेन्द्र लम्साल, धादिङमा गोपाल बिक, नुवाकोटमा श्रीराम श्रेष्ठ, सिन्धुपाल्चोकमा लालकाजी तामाङ, चितवनमा मिलन श्रेष्ठ, मकवानपुरमा भिम लामा, भक्तपुरमा दुर्लभ थापा, ललितपुरमा सुदर्शन घिमिरे र काठमाडौँमा जयकृष्ण महर्जन संयोजक तोकिएका छन्। दोलखामा जयराम श्रेष्ठ सहसंयोजक तोकिएका छन्। भक्तपुरमा संयोजक तोकिएका दुर्लभ थापा हाल जिल्ला सभापति हुन्।


गण्डकीका ८ जिल्लामा संयोजक तोकिएका छन्। गोरखामा भुगोल थापा, लमजुङमा रामकृष्ण कँडेल, कास्कीमा ऋषिराम काफ्ले, मनाङमा नाचोङ गुरुङ, पर्वतमा रामकृष्ण मल्ल, म्याग्दीमा हिराबहादुर पुन मगर, बागलुङमा सागर छन्त्याल र नवलपुरमा अशोक बस्ताकोटी संयोजक तोकिएका छन्।


लुम्बिनीका १२ जिल्लामै संयोजक तोकिएका छन्। नवलपरासी पश्चिममा विकाश घिमिरे, रुपन्देहीमा गुनाखर भुर्तेल, कपिलवस्तुमा अब्दुल मन्नान खाँ, पाल्पामा माधव नेपाल, अर्घाखाँचीमा लक्ष्मण पाण्डे, गुल्मीमा बेदबहादुर थापा, रुकुम (पूर्व)मा दत्तबहादुर बस्नेत, रोल्पामा मानबहादुर खत्री, प्यूठानमा ईश्वरसिंह विष्ट, दाङमा गोपालराज शर्मा, बाँकेमा कृष्ण कार्की र बर्दियामा जग्गाप्रसाद पाण्डे संयोजक तोकिएका छन्।


कर्णालीका ८ जिल्लामा संयोजक तोकिएका छन्। डोल्पामा देउप्रसाद बुढा, जुम्लामा हेम बुडथापा, मुगुमा कर्ण रावल, हुम्लामा सुर्यबहादुर शाही, कालिकोटमा मातृका सिंह, जाजरकोटमा राजजंग शाह, दैलेखमा मीनबहादुर विश्वकर्मा (मिलन) र सुर्खेतमा ललित भट्टराई संयोजक तोकिएका छन्।


सुदूरपश्चिमका ८ जिल्लामा संयोजक तोकिएका छन्। बाजुरामा धनराज पण्डित, बझाङमा हर्कजंगबहादुर सिंह, डोटीमा नरेन्द्रबहादुर सिंह, दार्चुलामा सुरेन्द्र अवस्थी, बैतडीमा वीरबहादुर विष्ट, डडेलधुरामा डिल्लीराज जोशी, कञ्चनपुरमा पदम बोगटी र कैलालीमा खेम बहादुर डगौरा थारु संयोजक तोकिएका छन्। कञ्चनपुरमा संयोजक तोकिएका पदम बोगटी यसअघि जिल्ला सभापति थिए र अहिले संस्थापन विरोधी कित्तामा उभिएका छन्। कैलालीमा राम समझ रानालाई सहसंयोजक तोकिएको छ।

संयोजकहरूले जिल्लाबाट इतर समूहका गर्नुपर्ने आवश्यक काम गर्नेछन्।

लेखकको बारेमा

सनातन न्यूजरुम

सनातन न्यूजरुम

संस्कृति, सम्पदा र सभ्यताको यात्रा

प्रतिक्रियाहरू 0

आफ्नो विचार वा प्रतिक्रिया यहाँ लेख्नुहोस् ...
प्रतिक्रिया पोस्ट गर्न लगइन गर्नुपर्छ।

पहिलो कमेन्टकर्ता बन्नुहोस्!

सम्बन्धित खबरहरु

नवरात्रको चौथो दिन आज  कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

बडादसैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा, यस्तो छ धार्मिक महत्त्व

बडादसैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा, यस्तो छ धार्मिक महत्त्व

नवरात्रीको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजाआराधना गरिँदै

नवरात्रीको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजाआराधना गरिँदै

दशैँका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला

दशैँका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै, ७ हजार २५५ प्रतिनिधिले मत हाल्ने

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै, ७ हजार २५५ प्रतिनिधिले मत हाल्ने

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका उम्मेदवारहरूको यस्तो छ सूची

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका उम्मेदवारहरूको यस्तो छ सूची

असोज २३ देखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला हुने

असोज २३ देखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला हुने

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट

छुटाउनु भयो कि?

सबै हेर्नुहोस्