लगातार वर्षापछि नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो, सवारी आवागमन बन्द
सनातन न्यूजरुम
संग्रह गर्न लगइन गर्नुहोस्
यो समाचारलाई आफ्नो संग्रह सूचीमा राख्न Google खाता मार्फत लगइन गर्नुहोस्।
Google बाट लगइन गर्नुहोस्काठमाडौँ । लगातार भइरहेको वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो गएपछि सवारी आवागमन बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय, चितवनका अनुसार वर्षाका कारण सडकखण्डका विभिन्न स्थानमा निरन्तर पहिरो गइरहेको तथा पहिरो हटाउने काम जारी रहेकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सवारी आवागमन बन्द गरिएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद शर्माले अर्को सूचना प्रकाशित नभएसम्म उक्त सडकखण्ड हुँदै यात्रा नगर्न तथा सतर्कता अपनाउन सर्वसाधारण र सवारी चालकहरूलाई अनुरोध गर्नुभएको छ।
प्रतिक्रियाहरू 0
प्रतिक्रिया दिन लगइन गर्नुहोस्
यस समाचारमा कमेन्ट पोस्ट गर्नको लागि कृपया Google खाता मार्फत लगइन गर्नुहोस्।
Google बाट लगइन गर्नुहोस्
पहिलो कमेन्टकर्ता बन्नुहोस्!