नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना, सम्बन्ध १८७ मुलुकमा विस्तार
सनातन न्यूजरुम
संग्रह गर्न लगइन गर्नुहोस्
यो समाचारलाई आफ्नो संग्रह सूचीमा राख्न Google खाता मार्फत लगइन गर्नुहोस्।
Google बाट लगइन गर्नुहोस्News Summary
- संयुक्त राष्ट्रसंघ महासभा अवसरमा नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भयो।
- यससँगै नेपालको कूटनीतिक सम्बन्ध १८७ मुलुकमा विस्तार भएको छ।
- दुवै देशका मन्त्रीले द्विपक्षीय सहयोग र जलवायु विपद्बारे छलफल गरेका छन्।
काठमाडौँ । नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध १८७ मुलुकमा विस्तार भएको छ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र नामिबियाका अन्तर्राष्ट्रिय सम्बन्ध तथा व्यापारमन्त्री सेल्मा असिपाला मुसाभीले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका हुन्।
हस्ताक्षरअघि दुवै देशका परराष्ट्रमन्त्रीबीच पारस्परिक हितका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सो अवसरमा नेपालमा हालै आएको विनाशकारी जलवायुजन्य विपद्बाट भएको मानवीय तथा भौतिक क्षतिका विषयमा समेत छलफल भएको थियो।
दुवै मन्त्रीले नेपाल र नामिबियाबीच द्विपक्षीय सहयोग विस्तारका नयाँ सम्भावना खोज्दै दुई देश तथा जनताको साझा प्रगति र समृद्धिका लागि सहकार्य अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
प्रतिक्रियाहरू 0
प्रतिक्रिया दिन लगइन गर्नुहोस्
यस समाचारमा कमेन्ट पोस्ट गर्नको लागि कृपया Google खाता मार्फत लगइन गर्नुहोस्।
Google बाट लगइन गर्नुहोस्
पहिलो कमेन्टकर्ता बन्नुहोस्!