कुलेखानी जलाशय भरिन ७ मिटर मात्र बाँकी, पानीको सतह बढ्दै
सनातन न्यूजरुम
संग्रह गर्न लगइन गर्नुहोस्
यो समाचारलाई आफ्नो संग्रह सूचीमा राख्न Google खाता मार्फत लगइन गर्नुहोस्।
Google बाट लगइन गर्नुहोस्News Summary
- कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानीको सतह बढ्दै गएर पूर्ण क्षमतामा पुग्न अब जम्मा ७ मिटर मात्र बाँकी रहेको छ।
- बिहान ६ बजे १५२२.३१ मिटर रहेको पानीको सतह तीन घण्टाभित्रै बढेर १५२२.६० मिटर पुगेको आयोजनाले जनाएको छ।
काठमाडौँ। मुलुकको एकमात्र ‘ब्याकअप’ ऊर्जा स्रोतका रूपमा रहेको कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानीको सतह बढ्दै गएको छ। आयोजनाका अनुसार जलाशय पूर्ण क्षमतामा भरिन अब जम्मा ७ मिटर मात्र बाँकी रहेको छ।
कुलेखानी प्रथम जलविद्युत् आयोजनाका प्रमुख प्रह्लाद राउतका अनुसार बिहान ६ बजे कुलेखानी जलाशयमा पानीको सतह १ हजार ५२२.३१ मिटर मापन गरिएको थियो। त्यसको तीन घण्टापछि, बिहान ९ः३० बजे पानीको सतह बढेर १ हजार ५२२.६० मिटर पुगेको छ।
प्रतिक्रियाहरू 0
प्रतिक्रिया दिन लगइन गर्नुहोस्
यस समाचारमा कमेन्ट पोस्ट गर्नको लागि कृपया Google खाता मार्फत लगइन गर्नुहोस्।
Google बाट लगइन गर्नुहोस्
पहिलो कमेन्टकर्ता बन्नुहोस्!