Sanaatan Yatra १ कार्तिक २०८३, शनिवार

प्रणालीमा लगइन गर्नुहोस्

थप सुविधाहरू प्रयोग गर्न Google खाता मार्फत सजिलै लगइन गर्नुहोस्।

भर्खरै

यात्रा सनातनको

सत्य, संस्कार र समाजको यात्रामा ‘सनातन यात्रा’को शुभारम्भ

सनातन न्यूजरुम सनातन न्यूजरुम १२ भदौ २०८३, शुक्रवार
सत्य, संस्कार र समाजको यात्रामा ‘सनातन यात्रा’को शुभारम्भ

संग्रह गर्न लगइन गर्नुहोस्

यो समाचारलाई आफ्नो संग्रह सूचीमा राख्न Google खाता मार्फत लगइन गर्नुहोस्।

00:0000:00

News Summary


  • सत्य, संस्कार, संस्कृति र समाजका विविध पक्षलाई केन्द्रमा राख्दै सनातन यात्रा अनलाइन न्यूज पोर्टलले आजदेखि आफ्नो औपचारिक पत्रकारिता यात्रा सुरु गरेको छ।
  • यो पोर्टलले समसामयिक समाचारसँगै नेपाली समाजको मौलिक पहिचान, संस्कृति, धर्म दर्शन, अध्यात्म र इतिहाससँग जोडिएका विषयलाई प्राथमिकता दिनेछ।
  • पोर्टलले तथ्यलाई आधार, सत्यलाई उद्देश्य र पत्रकारिताको मर्यादालाई मार्गदर्शक बनाउँदै विश्वसनीय सूचना र अर्थपूर्ण सामग्रीप्रवाह गर्ने प्रतिबद्धता जनाएको छ।

काठमाडौं — सत्य, संस्कार, संस्कृति र समाजका विविध पक्षलाई केन्द्रमा राख्दै ‘सनातन यात्रा’ अनलाइन न्यूज पोर्टलले आजदेखि आफ्नो औपचारिक पत्रकारिता यात्रा सुरु गरेको छ।

नेपाली समाजको मौलिक संस्कृति, सनातन परम्परा, धर्म–दर्शन, अध्यात्म, इतिहास र सामाजिक जीवनसँग जोडिएका विषयलाई तथ्यपरक, सन्तुलित र जिम्मेवार ढंगले पाठकमाझ पुर्‍याउने उद्देश्यसहित ‘सनातन यात्रा’ सञ्चालनमा आएको हो।

सूचना र प्रविधिको तीव्र विकाससँगै समाचार पढ्ने माध्यम र शैली परिवर्तन भइरहेका बेला विश्वसनीय सूचना तथा अर्थपूर्ण सामग्रीको आवश्यकता अझ बढेको छ। यही आवश्यकतालाई आत्मसात् गर्दै ‘सनातन यात्रा’ले समसामयिक समाचारसँगै नेपाली समाजको मौलिक पहिचान र सांस्कृतिक चेतनासँग सम्बन्धित विषयलाई पनि प्राथमिकतामा राख्नेछ।

समाचारका क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबीच पाठकको विश्वासलाई आफ्नो सबैभन्दा ठूलो जिम्मेवारी मान्दै ‘सनातन यात्रा’ले तथ्यलाई आधार, सत्यलाई उद्देश्य र पत्रकारिताको मर्यादालाई मार्गदर्शक बनाउने प्रतिबद्धता जनाएको छ।

हाम्रो मौलिक सभ्यता सम्पदा संस्कृतिलाई प्रविधिसँग जोडेर हाम्रा पुर्खाहरुले नासुका रूपमा छोडेका ज्ञान परम्परा कला इतिहास पूर्वीय दर्शन शास्त्र र मौलिक पहिचानलाई आगामी पुस्तासम्म पुर्याउने यात्रा नै सनातन यात्रा हो।       

विश्व बन्धुत्वको मूलमन्त्रलाई आत्मसाथ गर्दै सत्य संस्कार र सभ्यताको आवाजलाई उच्च प्राथमिकता दिँदै नेपालको मौलिक चेतना मौलिक विज्ञान ज्ञान सीप र सनातन सभ्यतालाई विश्वसामु पुर्‍याउने प्रयास हो। सनातन यात्रा   सम्पदाका धरोहर गढी गुरुकुल पीठहरू मन्दिर गुम्बा ऐतिहासिक स्थल देवालय शिवालयहरू संरक्षण समवर्धन र प्रचारप्रसार गर्ने हाम्रो मूल उद्देश्य हो।

विश्वभर रहेका सनातन सम्पदाहरूसम्म पुगेर विश्वभर पुर्‍याउने अभियानका रूपमा हामीले यो सनातन यात्रा सुरु गरेका हौँ। युग वाणी युवा आवाज गुरुवाणी सनातन ज्ञान दर्शन विज्ञानको खोजी गरी त्यसका वैज्ञानिक वा दार्शनिक पक्षको विश्लेषण सनातन यात्राभित्र रहनेछन्।

हरेक जातजाति भेषभूषा संस्कृति र परम्परागत पर्वहरू यसका मुख्य सामग्री भित्र पर्नेछन् भने हिन्दू बौद्ध किराँत बुलन र प्रकृति धर्मका भित्रका गतिविधि पर्व र संस्कारहरू समेटेर विश्वसामु पुर्‍याउने हाम्रो लक्ष्य हो। संवाद यात्रा पूजा र प्रवचन जात्रा भजन साहित्य र संस्कृतिको साझा मञ्च सनातन यात्रा अनलाइन हामी सबैको साझा अभियान पनि हो।  

त्यसैले हरेक सनातनी हाम्रा संवाददाता अनुसन्धानकर्ता संकलक हुन् भने हरेक सनातनी हाम्रा सदस्य र संरक्षक हुन्।

       जय सनातन

लेखकको बारेमा

सनातन न्यूजरुम

सनातन न्यूजरुम

संस्कृति, सम्पदा र सभ्यताको यात्रा

प्रतिक्रियाहरू 0

आफ्नो विचार वा प्रतिक्रिया यहाँ लेख्नुहोस् ...
प्रतिक्रिया पोस्ट गर्न लगइन गर्नुपर्छ।

पहिलो कमेन्टकर्ता बन्नुहोस्!

सम्बन्धित खबरहरु

नवरात्रको चौथो दिन आज  कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

बडादसैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा, यस्तो छ धार्मिक महत्त्व

बडादसैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा, यस्तो छ धार्मिक महत्त्व

नवरात्रीको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजाआराधना गरिँदै

नवरात्रीको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजाआराधना गरिँदै

दशैँका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला

दशैँका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै, ७ हजार २५५ प्रतिनिधिले मत हाल्ने

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै, ७ हजार २५५ प्रतिनिधिले मत हाल्ने

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका उम्मेदवारहरूको यस्तो छ सूची

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका उम्मेदवारहरूको यस्तो छ सूची

असोज २३ देखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला हुने

असोज २३ देखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला हुने

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट

छुटाउनु भयो कि?

सबै हेर्नुहोस्