नारायणी पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने तयारी, सवारी आवतजावत सुचारु
सनातन न्यूजरुम
संग्रह गर्न लगइन गर्नुहोस्
यो समाचारलाई आफ्नो संग्रह सूचीमा राख्न Google खाता मार्फत लगइन गर्नुहोस्।
Google बाट लगइन गर्नुहोस्News Summary
- नारायणी नदीले बगाएर पुलको पिलरमा अड्किएको 'राइनो क्रुज' सुरक्षित निकाल्ने प्राविधिक अध्ययन भइरहेको छ।
- पिलरमा क्रुज अड्किएपछि बढेको जोखिम हटाएर नारायणी पुलमा सवारीसाधनको आवतजावत पुनः सुचारु गरिएको छ।
काठमाडौँ । नारायणी नदीले बगाएर पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’लाई सुरक्षित रूपमा बाहिर निकाल्ने विषयमा छलफल भइरहेको छ।
सडक डिभिजन कार्यालय, भरतपुरका अनुसार पुलमा कुनै पनि किसिमको क्षति नपुग्ने गरी सावधानीपूर्वक क्रुज निकाल्ने तयारी भइरहेको हो। पिलरमा क्रुज अड्किएपछि जोखिम बढेकाले केही समय सतर्कता अपनाइएको भए पनि हाल नारायणी पुलमा सवारीसाधनको आवतजावत पुनः सुचारु भइसकेको छ।
प्राविधिक टोलीले पुलको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै क्रुजलाई सुरक्षित स्थानमा लैजाने उपायबारे अध्ययन तथा आवश्यक समन्वय गरिरहेको छ।
प्रतिक्रियाहरू 0
प्रतिक्रिया दिन लगइन गर्नुहोस्
यस समाचारमा कमेन्ट पोस्ट गर्नको लागि कृपया Google खाता मार्फत लगइन गर्नुहोस्।
Google बाट लगइन गर्नुहोस्
पहिलो कमेन्टकर्ता बन्नुहोस्!