रक्षाबन्धन तथा जनैपूर्णिमा आज, देशभर धार्मिक विधिपूर्वक मनाइँदै
सनातन न्यूजरुम
संग्रह गर्न लगइन गर्नुहोस्
यो समाचारलाई आफ्नो संग्रह सूचीमा राख्न Google खाता मार्फत लगइन गर्नुहोस्।
Google बाट लगइन गर्नुहोस्News Summary
- श्रावण शुक्ल पूर्णिमाका अवसरमा हिन्दु धर्मावलम्बीहरूले आज देशभर रक्षाबन्धन तथा जनैपूर्णिमा पर्व धार्मिक विधि र श्रद्धापूर्वक मनाइरहेका छन्।
- श्रद्धालुहरूले बिहानैदेखि विभिन्न जलाशयमा स्नान गरी सप्तऋषिको पूजा–अर्चना गर्दै तर्पण दिने परम्परा रहेको छ।
- गुरु तथा पुरोहितबाट नाडीमा रक्षाबन्धन अर्थात् डोरो बाँधी यसलाई रक्षा, शुभता र मंगलको प्रतीकका रूपमा लिने गरिन्छ।
काठमाडौँ । श्रावण शुक्ल पूर्णिमाका अवसरमा हिन्दु धर्मावलम्बीहरूको पवित्र पर्व रक्षाबन्धन तथा जनैपूर्णिमा आज देशभर धार्मिक विधि र श्रद्धापूर्वक मनाइँदै छ।
सनातन परम्परामा प्राचीनकालदेखि चलिआएको यस पर्वलाई आध्यात्मिक शुद्धीकरण तथा आत्मरक्षासँग जोडेर मनाउने गरिन्छ। पर्वका अवसरमा विभिन्न धार्मिक अनुष्ठान तथा पूजाआजा गर्ने परम्परा रहेको छ।
जनैपूर्णिमाका दिन बिहानैदेखि श्रद्धालुहरू नदी, तलाउ, पोखरी तथा विभिन्न जलाशयमा स्नान गरी सप्तऋषि र प्रजापति ऋषिहरूको पूजा–अर्चना गर्ने गर्छन्। वशिष्ठ, काश्यप, अत्रि, जमदग्नि, गौतम, विश्वामित्र र भरद्वाजलाई सप्तऋषिका रूपमा स्तुति गर्दै तर्पण दिने धार्मिक परम्परा पनि यस दिन रहँदै आएको छ।
यसै अवसरमा गुरु–पुरोहितबाट नाडीमा रक्षाबन्धन अर्थात् डोरो बाँध्ने चलन छ। धार्मिक मान्यताअनुसार यसले रक्षा, शुभता र मंगलको प्रतीकका रूपमा स्थान पाएको छ।
भविष्यपुराणमा उल्लेख भएअनुसार, देवगुरु बृहस्पतिले अत्यन्त शक्तिशाली दानवराज बलिलाई बाँधेर देवगणको रक्षा गरेको स्मरणमा रक्षाबन्धन बाँध्ने परम्परा सुरु भएको मानिन्छ।
यस पर्वले धार्मिक आस्था, आध्यात्मिक शुद्धीकरण तथा सनातन संस्कारसँग जोडिएको परम्परालाई निरन्तरता दिँदै आएको छ।
प्रतिक्रियाहरू 0
प्रतिक्रिया दिन लगइन गर्नुहोस्
यस समाचारमा कमेन्ट पोस्ट गर्नको लागि कृपया Google खाता मार्फत लगइन गर्नुहोस्।
Google बाट लगइन गर्नुहोस्
पहिलो कमेन्टकर्ता बन्नुहोस्!