नुवाकोटको विदुर र रसुवाको उत्तरगयामा सनातनकर्मीको राहत
सनातन न्यूजरुम
संग्रह गर्न लगइन गर्नुहोस्
यो समाचारलाई आफ्नो संग्रह सूचीमा राख्न Google खाता मार्फत लगइन गर्नुहोस्।
Google बाट लगइन गर्नुहोस्News Summary
- भोटेकोशी बाढीले नुवाकोट र रसुवामा क्षति पुर्याएपछि सनातनकर्मीहरूले राहत वितरण गरी बाँच्नेहरूलाई जीवनयापन सहयोग गरे।
- बाढीका कारण बेपत्ता नागरिकहरू बढेपछि खोजीकार्य तीव्र बनाइ सरकारलाई वातावरणीय व्यवस्था गर्न आग्रह गरियो।
- उद्धार र राहतपछि पुनर्निर्माणका लागि स्थानीय समुदाय र सरकारसँग सहकार्य गर्न जय सनातन अभियानले सनातनकर्मीहरूलाई आग्रह गर्यो।
बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुर नगरपालिका ढुङ्गे ढुङ्गे बजार र रसुवाको उत्तरगयाका केही बाढी पीडितहरूलाई सनातनकर्मीहरूले राहत वितरण गरेका छन्।
बाढीको प्रकोपमा परेकाहरूलाई जीवनयापनको लागि सहयोग गर्ने हेतुले सनातनकर्मीहरूले विभिन्न ठाउँमा राहत तथा उद्धारमा जुटेको जनाएका छन् । गएको भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण बेपत्ता भएका नागरिकहरूको खोजीकार्य तीव्र बनाउन भेटिएका नागरिकहरूको सबलाई सांस्कृतिक एवं धार्मिक मान्यताबाटै अन्त्येष्टि गर्नको लागि सरकारले वातावरण बनाउनुपर्ने सनातनकर्मीहरूले बताए ।
निरन्तर रूपमा राहत र खोजी कार्य तथा सहयोगमा जुट्न सनातनकर्मीहरूलाई जय सनातन अभियान नेपालले आग्रह गरेको छ। उद्धार र राहतपछि पुनर्निर्माणमा समेत स्थानीय समुदाय र सरकारसँग सहकार्य गर्ने अभियानले बताएको छ ।
प्रतिक्रियाहरू 1
प्रतिक्रिया दिन लगइन गर्नुहोस्
यस समाचारमा कमेन्ट पोस्ट गर्नको लागि कृपया Google खाता मार्फत लगइन गर्नुहोस्।
Google बाट लगइन गर्नुहोस्
Rachana Subedi
(सम्पादित)Great Job,