बढ्यो सुनचाँदीको मूल्य
सनातन न्यूजरुम
संग्रह गर्न लगइन गर्नुहोस्
यो समाचारलाई आफ्नो संग्रह सूचीमा राख्न Google खाता मार्फत लगइन गर्नुहोस्।
Google बाट लगइन गर्नुहोस्आज सुनको मूल्यमा ठूलो वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ।
आज बजारमा सुन प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन प्रतितोला ३ लाख २ हजार ४०० रुपैयाँमा सीमित थियो। एकै दिनमा सुनको मूल्य प्रतितोला ३ हजार ४०० रुपैयाँले बढेको महासंघले जनाएको छ।
सुनसँगै आज चाँदीको मूल्य पनि बढेको छ। गत कारोबार दिन प्रतितोला ४ हजार ७५० रुपैयाँमा कारोबार भएको चाँदी आज १०५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ। अन्तराष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा बहुमूल्य धातुको मूल्य बढ्दै गएको छ।
प्रतिक्रियाहरू 0
प्रतिक्रिया दिन लगइन गर्नुहोस्
यस समाचारमा कमेन्ट पोस्ट गर्नको लागि कृपया Google खाता मार्फत लगइन गर्नुहोस्।
Google बाट लगइन गर्नुहोस्
पहिलो कमेन्टकर्ता बन्नुहोस्!